शैक्षिक

मानव तस्करी रोक्न सरकार,नागरिक समाज र निजी क्षेत्र मिलेर काम गर्ने घोषणा



साउन १५, काठमाडौं । मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रले  मिलेर काम गर्ने घोषणा गरेका छन् ।

 मानव तस्करी विरुद्ध साझेदारी गरेर अगाडि बढ्नका लागि सरकारका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहभागी हुनेछन् । त्यस्तै, युएसएड, हाम्रो सम्मान परियोजना, नेशनल विजनेश इनिसिएटिभ (एनबिआई), माइक्रोसफ्ट इनोभेसन सेन्टर, चौधरी ग्रुप, सुरक्षित वैदेशिक रोजगारीका लागि सहभागी हुनेछन्

राष्ट्रिय सञ्जाल नेपाल (एनएनएसएम) र महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले पनि मानव तस्करी अन्त्य गर्न सहकार्य गर्नेछन् । यी सरकारी, निजी तथा गैरसरकारी संस्थाले अब नेपालबाट हुने मानव तस्करी अन्त्य गर्न स्रोत साधन लगायतमा साझेदारी गर्नेछन् ।