साउन १५, काठमाडौं । सरकारले कम्पनी इजाजतको धरौटी रकम ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायी विरोध गर्दै सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारी भएको गरेको छ ।
बुधबार हुने म्यानपावर व्यवसायीको वृहत भेलाबाट निर्णय गरी लाइसेन्स बुझाए म्यानपावर कम्पनीहरु बन्द गरिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । सरकारले ६ करोड रुपैयाँ धरौटी पुर्याइए म्यानपावर व्यवसाय नै ध्वस्त वनाउने प्रयास गरेको व्यवसायिहरुले वताएका छन् ।
लाइसेन्स बुझाएर म्यानपावर मार्फत विदेश गएका सबै कामदारको जिम्मा सरकालाई नै लिनु पर्ने समेत वताएका छन् । म्यननपावर कम्पनीबाट करिव १ लाख २० हजार कामदार रोजगारीको लागि विदेश गएका छन् ।
व्यवसायीले दक्षिण एसियाको अभ्यासलाई हेरेर मात्रै कम्पनीहरुको व्यवस्थापन नीती ल्याउन माग गरेका छन् । व्यवसायीले वर्तमान सरकारले वैदेशिक रोजगारीबारे निर्णय गर्दा आफ्नो संघसँग कुनै छलफल नगरेकोमा आक्रोस पोखेका छन् ।
अहिले म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी ल्याउनुपर्ने व्यवस्था छ । अब नगद धरौटी मात्रै २ देखि अढाइ करोड पुर्याउन प्रस्ताव गरेको छ । बैंक ग्यारेन्टी ५ करोड राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।










प्रतिक्रिया दिनुहोस्