भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाँटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर मंगलबार दिउँसो ११ः२५ बजे रु ६ लाख लुटेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईले घरबाट ल्याएको रु। चार लाख र कमल विनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायक तर्फ जाँदै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।
दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायक तर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्