साउन १६, काठमाडौँ । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” सार्वजनिक भएको छ ।
त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उनले बताए ।
यो पुस्तक नेता तथा साहित्यकार बिशेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको बताए । रामहरी जोशीको आफनो जीवनमा परेको प्रेम राधाको बिषयमा खुलेर आएको उनले बताए । रामहरी जोशीले किन विवाह गरेनन भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उहाँले बताए ।
कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउदै भने “रामहरी जोशीले माने पनि कालले मानेन कन्फेशन लेख्न खोजिएको भए पनि उनले प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो ।”
एक बर्षअघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उनको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्