साउन १६, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रबर्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको भन्दै सभ्यता र संस्कृतिको संरक्षण गर्दा पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्