साउन १६, काठमाडौं । राष्ट्रियसभाले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
पूर्वसांसद जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको हो । स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । राष्ट्रियसभाले जोशीको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गर्यो ।










प्रतिक्रिया दिनुहोस्