सम्पादकीय

पद छ, काम छैनः शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल



सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो ।

साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन ।

‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस्तो अवस्थामा कसरी काम गर्ने ?’