साउन १७, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १।२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्