Banner News

महिला हिंसा अन्त्यको लागि संवेदनशिल र प्रभावकारी कानुन बनाई लाग्नुपर्छ : राष्ट्रपति भण्डारी



साउन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसाको अन्त्यको लागि संवेदनशील र प्रभावकारी कानुन बनाई लाग्नुपर्ने बताएकि छिन् ।

राष्ट्रपति भण्डारीले संघिय सांसदहरुसँग एक अन्तक्रिया कार्यक्रममा वोल्दै नेपालमा पछिल्लो समय महिला हिंसा सम्बन्धी कार्यहरु अत्याधिक वृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने धारणा व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले नेपालमा भन्न र सुन्न नसकिने हिंसाजन्य अपराधिक गतिविधिहरु हुनु ज्यादै दुःखद भएको भन्दै जनप्रतिनिधिको हैसियतले जे जति कामहरु गरेका छन् त्यो भन्दा थप मेहनत अध्ययन र क्षमता कौशलता पुर्वक ढंगले पर्ने धारणा व्यक्त गरेकी छिन् । संबिधानमा व्यवस्था भएका अधिकारको संस्थागत रक्षा गर्दे थप उपलव्धि हासिल गर्न कानुन निर्माण रदेशमा देखिएका बिकराल घटनाको समुल अन्त्य गर्न अपराधीक मानसिकताबाट ग्रसित सोच धारणा र बिचारमा परिवर्तन गर्न एक्यबद्व भएर लाग्न निर्देशन दिएकी छिन् ।

स्थानिय प्रदेश र संघिय ससदबाट गर्नु पर्ने कामलाई बिशेष महत्व दिदै न्यायपुर्ण सम्मानजनक जिबन यापन गर्ने बाताबरण सृजना गर्न अग्रसर भएर काम गर्न सासदहरुलाई राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् । भण्डारीले समाजमा महिला उपर हुने हिंसा र बलत्कारको घटना पछिल्लो समयमा कन्चनपुरमा १३ बर्षिय बालिकाको बलत्कारपछिको हत्या भएको विषयमा वोल्दै अपराधिलाई कडा कार्बाहिका लागि पनि सबै दल प्रमुखलाई बोलाई संबेनशिलता अपनाउन निर्देशन दिन आग्रह गरेकी छिन् ।