साउन १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले सरकारलाई कामै गर्न नदिने गरी संसद अवरुद्ध पार्ने र सडक संघर्ष गरेर अस्थिरता उत्पन्न गर्ने कार्य गर्नु हतासको मानसिकता भएको उल्लेख गरे ।
आज विराटनगरमा राप्रपाको प्रदेश एक नम्बर कार्यालयको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारलाई एक वर्ष काम गर्न दिनुपर्ने भन्दै काग्रेको कडा आलोचना गरेका छन् ।
अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियता नेपाली कांग्रेसको एजेण्डा नभएको भन्दै प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीको प्रमाणपत्र र विगतका आदेश हेर्दा तत्काल प्रधानन्यायाधीशमा नियुक्त गर्न नहुने उल्लेख गरे ।
अध्यक्ष थापाले संसदीय सुनुवाई समितिले स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न नसक्दा राजनीतिक दलको लाचार छाया बनेको आरोप लगाए ।










प्रतिक्रिया दिनुहोस्