नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन÷अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्राडा मुकेश चालिसे जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्