साउन १८, काठमाडौँ । चीन सरकारले भूकम्पले क्षतिग्रस्त भएको दरबार हाईस्कुल पुर्ननिर्माणको लागि सहयोग गर्ने भएको छ ।
शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीया राजदुत यु होङले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।
भूकम्पछिको भौतिक संरचना पुर्ननिर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुर्ननिर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको बाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो ।
मन्त्री पोखरेलले आफुले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबार हाईस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफुले लिएको बताए ।










प्रतिक्रिया दिनुहोस्