साउन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई नियुक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई बढुवा गरी मन्त्रीकै जिम्मा दिने तयारी गरिएको छ । अर्याललाई कुन मन्त्रालय दिने भन्नेबारेमा भने टुंगो लागेको छैन । नवनियुक्त मन्त्रीहरुको सपथ आजै चार बजे राष्ट्रपति भवन शीतल निवास गर्ने तयारी छ ।










प्रतिक्रिया दिनुहोस्