समाचार

संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो व्यक्ति



 साउन १८, काठमाडौं ।  संसदीय सुनुवाई समितिले इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशमा सिफारिस भएकालाई अस्वीकृत गरेको छ ।

समितिको शुक्रबार बसेको  बैठकले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेको हो । समितिको दुई तिहाई बहुमतले जोशीलाई अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकमा दुईतिहाइले जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शून्य भोट परेकाले उनको सिफारिस अस्वीकृत भएको बताए। १५ सदस्यीय समितिमा नेकपाको ९ र संघीय समाजवादी फोरमको १ गरी सत्तारुढ दलको १० अर्थात दुई तिहाई मत थियो ।

 जोशीका शैक्षिक प्रमाणपत्र, जन्ममिति र फैसला विवादस्पद देखिएपछि समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको हो ।