साउन १९, चितवन । मुग्लिन नारायणगढ सडकको घुमाउने भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको छ ।
यातायात अवरुद्ध हुँदा सयौं यात्रु समस्यामा परेका छन् । पानी परिरहेका कारण पहिरो हटाउन समस्या परेको प्रहरीले जानकारी दिएको छ । वर्षा रोकिए लगत्तै पहिरो सफा गरेर गाडी खुलाउने प्रहरीको भनाइ छ ।
पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।










प्रतिक्रिया दिनुहोस्