राजनीति

उद्योग स्थापना र सञ्चालनका लागि सहुलियत दिन सरकारले कञ्जुस्याईं गर्दैन : प्रम ओली



साउन १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग स्थापना तथा सञ्चालनका लागि नेपाल सरकारको तर्फबाट क्षमताले भ्याएसम्म सहुलियत दिन कञ्जुस्याई नगर्ने बताएका छन् ।

शनिबार मोरङका उद्योगी व्यवसायीहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले ओलीले ब्यापार घाटा बढ्नुको मुख्य कारण नेपालीहरुमा बढ्दो उपभोक्तावादी चिन्तन भएको बताउँदै नेपाल भारत व्यापारमा भएको समस्या तकाल समाधान गरिने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन्, तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।’

प्रधानमन्त्री ओलीले नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि व्यापार समस्या समधानका छलफल गर्ने समेत वताए । त्यस्तै नेपाललाई आयातकर्ताबाट निर्यातकर्ता, गरिबबाट सम्पन्न, पछौटेपनबाट आधुनिक, बेरोजगारबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्छ’ उनले भने, यसका लागि उद्यमी व्यवसायीले योजना ल्याए सरकारको साथ सहयोग गर्ने समेत वताए ।

प्रधानमन्त्री ओलीले व्यावसायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि आफूले थप जानकारी लिने तर, दोहोरो करको व्यवस्था चाँही हटाइने बताएका छन् ।