शैक्षिक

महिलाको अधिकार र संघर्ष, वलत्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद : मन्त्री थापा



साउन १९, भक्तपुर । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले महिलाको अधिकार र संघर्षका माध्यमवाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै वलत्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुने वताएकि छिन् ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अखिल नेपाल महिला संघ केन्द्रिय कमिटिले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा वोल्दै मन्त्री थापाले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकाशं ढोकाहरु खुलेको भन्दै १० वर्ष भन्दा कम उमेरका वालिकालाई वलत्कार गरे सर्वश्व सहित जन्म कैद हुनुपर्ने वताईन ।

त्यस्तै मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रुढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाको रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस्ता प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरवाट पहल कदमी चलाउँदै कानुनी प्रकृयावाट अघि वढ्न आग्रह गरिन् ।

वर्तमान सरकार दुईतिहाई हाराहारीको जनताले दिएको मतवाट निमार्ण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारको निम्ती मन्त्रालयको तर्फबाट आवश्यक कानुन निमार्णको प्रकृयामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा कात्र मिलाई सहयोग गर्न आग्रह समेत गरिन ।

कार्यक्रममा वोल्दै संघको इन्चार्ज राधा ज्ञावलीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भई अध्यारोमा भत्तीको उज्यालो झैं काम गर्न आग्रह गरिन् । त्यस्तै उनले जहाँ जनचाहना अनुसारको विकास निमार्णका इच्छा त्यहाँ काम भन्ने सिद्धान्तलाई आत्मासाथ गर्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा वोल्दै स्विडेनको राजधानीमा रहेको महानगरपालिकाकी उपमेयर एनम्याडरडले समाज परिवर्तन नै सामाजिक न्याय र पुँजीवादको विरुद्धको आन्दोलन भएको बताउँदै समाजवादले विपन्न वर्गलाई सम्पन्नता वनाउँदै समानताको विकास गराउने उल्लेख गरिन् । उनले स्वीडेनमा ४३ प्रतिशत जनप्रतिनिधिमा महिलाको सहभागिता रहेको र त्यसको केन्द्रिय सरकारमा ५० प्रतिशतका महिलाको सहभागीता रहेको समेत वताईन । त्यस्तै स्थानीय सरकारमा भने ५२ प्रतिशत महिलाको सहभागिता रहेको उल्लेख गरिन् ।

त्यस्तै कार्यक्रममा वोल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा सांसद रमिता थापाले महिलाको हक र अधिकारका निम्ती कानुन निमार्णको चरणमा रहेको र कानुन निमार्ण पश्चात कडाईका साथ कार्यान्वयन हुने बताईन् ।

त्यस्तै संघकी पूर्व अध्यक्ष शान्ति मानबीले कानुनमा लेखिएका तर व्यवहारिकतामा प्रयोग नभएका महिलाका हक र अधिकारलाई व्यवहारिक रुपमा लागु गर्नुपर्ने दिन आएको भन्दै महिला मुक्तीको आन्दोलनमा एक ढिक्का भई अघि वढ्नुपर्ने धारणा व्यक्त गरिन् ।