समाचार

मुग्लीन – नारायणगढ सडक आजै दुईपटक अवरुद्ध : यात्रुलाई समस्या



साउन १९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएसँगै यात्रुलाई यात्रा गर्न अत्यन्तै कष्टकर भएको ।

दिउँसो २ः ५५ बजे इच्छा कामना गाउँपालिकाa–६ जलवीरेमा पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी अवागम गर्न केही समय लाग्ने भएकाले सम्भव भएसम्म वैकल्पीक मार्गको प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तै जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिएका छन् ।
आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो ।

लगातार भएको वर्षाका कारण मुग्लीन नारायाघाटमा दिनानुदिन पहिरोका समस्या भोग्न यात्रुहरु वाध्य भएका छन् । जसका कारण यात्रुहरु विचैमा अलपत्र पर्ने गरेका छन् ।