शैक्षिक

पूर्वसांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित



साउन २०, काठमाडौं। पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका  पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको थियो ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएको थियो।  उनको  उपचारकै क्रममा ६:३० बजे  निधन भएको हो ।

उनी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्वर दुईबाट सभासदमा निर्वाचित भएका थिए ।