साउन २०,काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-३ ठाटिबजारमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १३ वर्षिय नरेन्द्र परियार, ११ वर्षिय नविन परियार, ८ वर्षिय गोविन्द परियार, ८ वर्षिय दर्शक परियार रहेका छन । नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षिय छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षिय तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षिय भगवति बिक, ६ वर्षिय रञ्जना बिक र ३ वर्षिय मनिषा बिक छन् ।
पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षिय लालबहादुर लुहारको घाइते अवस्थामा उद्दार गरेर जाजरकोट अस्पतालमा उनको उपचार भइरहेको छ । पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्