Banner News

नागरिक ऐन संशोधन विधेयकसहित ७ विधेयक संसदमा पेश गर्ने निर्णय



साउन २०,  काठमाडौं । सरकारले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,भुक्तानी तथा फछ्यौंट विधेयक २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५, उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधन सम्बन्धी विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको छ ।