शैक्षिक

तीन विधेयक सर्वसम्मतिले पारित : कानुन निमार्णलाई तिव्रता



साउन २०, वुटवल । प्रदेश नं ५ मा कानुन निमार्णलाई उच्च प्राथमिकता दिदै आज वसको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई आइतवार वसको प्रदेशसभाको वैठकले पारित गरेको हो । पारित भएका विधेयकहरुमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन र गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो ।