साउन २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले बुढानिलकण्ठको गुरुयोजना ल्याउन आग्रह गर्दै उक्त स्थानको विकासको जिम्मा आफै लिने बताएका छन् ।
बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष तथा उद्यमी जयराम थापाद्वारा लिखित पुस्तक ‘बूढानीलकण्ठ एक परिचय’को लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री पाखरेलले विकास निमार्णका योजनाहरु स्थानिय जनप्रतिनिधिहरुले ल्याएमा आगामि दिनमा उक्त ठाउँले मुहार फेर्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले धेरै लामो समयसम्म प्रधानमन्त्री बने पनि पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले वत्ती मुनिको अध्यारो वनाएको भन्दै अवका दिनमा वुढानिलकण्ठमा विकासको वत्ती वल्ने बताए । वर्तमान सरकार तथा आफ्नो योजना नै देश विकास गरी आर्थिक, सामाजिक, पर्यटकिय, कृषि, सांस्कृतिक जस्ता यावत कुराहरुको विकास र विस्तार गरी देशमा नै रोजगारीको व्यवस्था गरी सवै नेपालीलाई आत्मनिर्भर वनाउने रहेको वताउँदै सरकारको समृद्ध नेपाली सुखि नेपालीमा सवैले साथ दिन आग्रह समेत गरेका छन् ।
बूढानीलकण्ठ नारायणस्थान पुरातात्त्विक तथा पर्यटकीय महत्त्व बोकेको मन्दिर रहेता पनि अपेक्षाकृत आफ्नो मुहार फेर्न नसकेकोमा दुःख व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई एउटै मञ्चमा राखी ‘कहिले बन्छ चाहेजस्तै बूढानीलकण्ठ ?’ भनि प्रश्न समेत गरेका थिए ।
मन्त्री पोखरेलले विकासको लागि आवश्यक रकम वर्तमान सरकारले कमि हुन नदिने वताउँदै भने ‘मैले पटक पटक यहाँको स्थानीय जिम्मेवारहरुसँग बूढानीलकण्ठ कस्तो बनाउने हो त्यस्तै खाका ल्याउनुस् भने, तर खै त योजना ?’
पर्यटन मन्त्री अधिकारीले कसैले अवका दिनमा कुरा गरेर काम नगरी वस्ने कसैलाई पनि छुट नभएको भन्दै २ वर्ष भित्र बूढानीलकण्ठ साँच्चै नै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा निर्माण गरिने बताए । उनले पनि सरकारको तर्फवाट जस्तोसुकै सहयोग गर्ने र त्यसको लागि मन्त्रालयमा योजना लिएर आउन आग्रह गरे ।
समितिका अध्यक्ष थापाले लेखेको पुस्तकले सो क्षेत्रका बारेमा चिनारीको खोज गर्ने प्रयास गरेको वक्ताहरुले बताएका थिए । उक्त कार्यक्रममा पुस्तक लोकार्पण सहित समितिले विभिन्न अभियानमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्