साउन २१, चितवन । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरोका कारण बिहान विहान करिव ६ बजेदेखि अवरुद्ध भएको हो । उब्m ठाउँमा विगत चार दिनयता पहिरो खस्दा सडक आवागमन नियमित रुपमा प्रभावित हुँदै आएको छ ।
त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लगातार वर्षाका कारण पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्