राजनीति

न्यायलय विवेकहिन, दलाली तथा भ्रष्टहरुको प्रभावमा पर्नुहुँदैन : सांसद वस्नेत



साउन २१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले न्यायलयमा कुनैपनि विवेकहिन, दलाली तथा भ्रष्टहरुको प्रभावमा पर्नु नहुने वताएका छन् ।

संसदिय सुनुवाई समिति कुनै विधि र औपचारीकता पुरा गर्न मात्र वनाइएको समिति नभई देशको कानुन अनुसार न्यायपालिका तथा अन्य सम्बन्धीत निकायहरु सञ्चालन हुनुपर्छ भन्ने कुराको निम्ती संसदिय समितिले पहिलो कदमको भुमिका खेलेको छ बताए । समितिले खेलेको भुमिकाले भोलीको दिनमा न्यायलय स्वच्छ र निष्पक्ष हुनको निम्ती राम्रो वाटो देखाएको वताएका छन् ।

नेपालको संविधान अनुसार दुई तिहाई मतले समितिले प्रभावकारी वनाउन संसदिय सुनुवाई समितिमा आएका संवैधानीक प्रमुखहरुलाई अस्विकृत गर्न सक्छ भन्ने प्रावधान रहेको वताउँदै सांसद वस्नेतले दिपकराज जोशीमाथि अनेक प्रकारका प्रश्नहरु उठेको र ति प्रश्नहरुमा यथेष्ट प्रमाणहरु दिन नसक्नु नै संसदिय सुनुवाई समितिले आफ्नो हक प्रयोग गरी अस्विकृति गरिएको बताएका छन् । त्यस्तै प्रमाणपत्रमा जोशीले उल्लेख गरेका सिम्वल नं. अर्कैको भएको, एसएलसि दिएको जुन स्कुलको दावि थियो त्यो स्कुलमा उनको रेकर्ड नदेखिनुमात्र नभई उनले विगतमा गरेका फैसलाहरु जसले विवादित तथा राष्ट्रलाई ठूलो नोक्सानी पुर्याएको बताए । जोशीले न्यायलयमा दलालिकरणको जालो फैलिएको वताउँदै सांसद वस्नेतले भने ‘सरकारले विकासका कार्य गरिरहेको ठाउँमा न्यायलयले अवरोध गर्नु हुँदैन र व्यवस्थापिका वा सरकारले पनि न्यायलयलाई अवरोध गर्नु हुँदैन ।’

सांसद वस्नेतले न्यायलय राजनैतिक आँखावाट नभई स्वतन्त्र रुपमा चल्नुपर्ने भन्दै साउन १५ गते सांसद तथा सुनुवाई समितिका सदस्य समेत रहकी सांसद निरुदेवी पाललाई भोलीको सुनुवाई समितिको वैठकमा गइस भने तेरो वाउलेपनि बचाउन सक्दैन भनि धम्क्याउनु भनेको न्यायलयभित्र पनि अपराधिकरण घुसेको देखिएको बताए । त्यस्तै सांसद वस्नेतले न्यायलय जुन प्रकारले विकृति र विसंगतिको पहाड वन्न खोजीरहेको छ त्यसलाई तोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

जोशीको विषयमा विभिन्न प्रकारका गलत धारणाहरु प्रस्तुत गर्नु नेपाली काग्रेसमा सैद्धान्तिक विचलन आएको वताउँदै जोशी प्रकरणलाई नै अर्को मुद्धा वनाउन काग्रेसले खोजेको हो भने उसले फितलो, कमजोर, जनताद्वारा अस्विकृत भएको मुद्धालाई वोकी अघि वढ्न खोज्दैछ भन्ने स्पष्ट बुझिने समेत वताएका छन् । त्यस्तै सांसद वस्नेतले संसदिय सुनुवाई औचित्य सकिने भन्दै काग्रेसले दिएको भनाईमा कुनै तुक नहुने समेत वताएका छन् ।