समाचार

सशस्त्रमा डीआईजी र एसएसपीको सरुवा



साउन २१, काठमाडौं । सशस्त्र प्रहरीमा दुई डीआइजी र २४ एसएसपीको सरुवा भएको छ ।

प्रदेश ४ पोखरामा रहेका डीआईजी चिरञ्जिवी अधिकारीको प्रदेश ५ मा र प्रधान कार्यालय दरबन्दी भएका प्रवीण श्रेष्ठको प्रदेश ४ कार्यालयमा सरुवा भएको छ । प्रदेश ३ कार्यालयमा एसएसपी रामप्रकाश श्रेष्ठलाई कायम मुकायम डीआईजीको जिम्मेवारी दिइएको छ । त्यसैगरी नारायणदत्त पौडेललाई महानगरीय सशस्त्र प्रहरी कार्यालयबाट प्रधान कार्यालय तालिम निर्देशनालय तथा बेचन यादवलाई प्रदेश ५ कार्यालय र बाँकी २२ जनालाई हाल कार्यरत स्थानमै समायोजन गरिएको छ ।

त्यसैगरी ६ एसपी र २१ डिएसपीको जिम्मेवारी हेरफेर गरेको सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ ।