राजनीति

‘संसदमा जुहारी’ दुई तिहाईको दम्भ देखायो : प्रतिपक्ष, एक तिहाईले नियन्त्रण गर्न खोज्यो : सत्तापक्ष



साउन २१, काठमाडौं । संघिय संसदमा प्रधानन्यायधिसको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षिविच जुहारी चल्दै दुई तिहाइलाई एक तिहाइले नियन्त्रण गर्न खोजेको सत्ता पक्षले आरोप लगाएको छ ।

सोमबारको बैठकको सुरुमा नै समय लिएर बोलेका प्रमुख पतिपक्षिदल नेपाली कांग्रेस सांसदका सांसदहरुले संसदीय सुनुवाई विशेष समितिले बिना कारण र आधार प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीलाई अस्वीकृत गरिएको भन्दै आपत्ति जनाए । कुनै आग्रह पूर्वाग्रह राखेर जोशीलाई अयोग्य घोषणा गर्नु नहुने भन्दै जोशीको शैक्षिण प्रमाणपत्र नक्कली भए छानविन गरेर कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे । आफ्नो समयमा वोल्ने अधिकाशं प्रतिपक्षिदलका सांसदहरुले अयोग्यलाई सिफारिस प्रधानमन्त्रीले उनकै दलबाट उनबाट अस्वीकृत भएपछि पदमा बस्न उचित हुन्छ कि हुँदैन भनि प्रश्न गरेका थिए ।

लगतै सत्तापक्ष सांसद खगराज अधिकारीले संविधानको धारा १०३ ले संसद र समितिको कारबाहीबारे उल्लेख गरेको भन्दै कार्कीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन गरे ।

सांसद हृदयेश त्रिपाठीले समितिको निर्णय कानुन र नियमावलीसम्वत् भएको बताए । उनले न्यायपालिकाबारे संसदमा छलफल गर्ने हो भने तयार हुन चुनौती दिदै भने ‘यदि यो विषयलाई संसदको छलफल बनाउन प्रमुख प्रतिपक्ष तयार छन् भने हामी पनि तयार छौं । सबै कुरा अगाडि आउँछ ।’

प्रधानन्याधिसमा दिपकराज जोशीको अस्वीकृतिलाई लिएर संसदमा जुहारी चले पछि बहस लम्बिएपछि सभामुख कृष्णबहादुर महराले समितिको प्रतिवेदन पेश भएपछि छलफल गर्ने बताए ।