राजनीति

गरिबलाई माथि उकास्नेगरि ‘स्पेशल–प्याकेज’ व्यवस्था हुन्छ : मन्त्री अर्याल



साउन २१, काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले गरिव र धनि विचको खाडल अन्त्य गर्न गरिवलाई माथि उकास्ने गरी स्पेशल प्याकेजको व्यवस्था गरिने वताएकि छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री अर्यालले भूमि व्यवस्थापनसम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी, सार्वजनिक जग्गा अतिक्रमणको, अव्यवस्थित बसोबास र गुठी संस्थानसम्बन्धीको समस्या हल गर्ने बताएकी छिन् । ती सबै समस्याहरुलाई नयाँ ऐन बनाएर सोही बमोजिम हल गर्ने बताइन् ।

कार्यक्रममा वोल्दै मन्त्री अर्यालले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै हरेक युवायुवतीहरुलाई व्यवसायी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन् । त्यस्तै उनले उनले गरिवी निवारणको लागि अब गरिव पहिचान गर्न परिचयपत्र वितरण गर्ने पनि बताईन् । वर्तमान सरकार र म स्वयम् पनि संवेदनशील रहेको वताउँदै मन्त्री अर्यालले भनिन् ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो सुखी नेपाली र समृद्ध नेपालको लागि सरकारले द्रुत गतिमा काम गर्नेछ ।’