साउन २२, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने र मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना रहेसँगै सचेत र सजक रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केहि स्थानमा भने आज भारी वर्षा हुन सक्ने जनाएको छ । रातको समयमा पनि भारी वर्षा हुन सक्ने सभवना रहेकाले सवै नागरिकलाई सुरक्षितसाथ रहन आग्रह गरेको छ ।
त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ । त्यस्तै २४ गते देशभर बदली रही केही स्थानहरुमा वर्षा हुने बताएको छ ।










प्रतिक्रिया दिनुहोस्