साउन २२, काठमाडौं । समृद्ध नेपाल सुखी नेपाली वनाउने संकल्पलाई आत्मासाथ गर्दै सरकारले आफ्नो विाकासे नीतिलाई तिव्रता दिने क्रममा खनिज खोजतलास तथा उत्खननका लागि खानी तथा भूगर्भ विभागले ५६५ कम्पनीलाई अनुमति तथा नविकरण गरेको छ ।
विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ ।
विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ ।
विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४÷७५ मा एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ ।










प्रतिक्रिया दिनुहोस्