शैक्षिक

प्रहरीको गाडीको ठक्करबाट झापामा एकजनाको मृत्यु



साउन २२, झापा । झापाको इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे८प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे१ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

कोइरालाको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।