राजनीति

देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै माइतीघरमा प्रदर्शन



 साउन २२, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै माइतीघर मण्डलामा ससरकारविरुद्ध प्रर्दशन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन गरेको हो ।

 महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । र्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।