साउन २२, काठमाडौं । केवल व्यवसायीहरुले काठमाडौंको केवल तारहरुको व्यवस्थापन गर्न सुरु गरेका छन् ।
नेपाल केवल टेलिभिजन महासंघको अगुवाईमा केवल व्यवसायीहरुले केवल तारहरुको व्यवस्थापनको काम मंगलबार एयरपोर्टबाट सुरु गरेका हुन् ।
भदौं १४ गतेबाट विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुँदैछ । महासंघले सोही शिखर सम्मेलनमा आउने पाहुनाहरुलाई ध्यानमा राखेर सडकमा अव्यवस्थित ढंगले रहेका केवल तारहरुलाई व्यवस्थित बनाउन सुरु गरेको हो ।
केवल तारहरुको व्यवस्थापन गर्नाका लागी काठमाडौं महानगरपालिका, नेपाल दुर संचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण पनि सहभागी भएका छन ।










प्रतिक्रिया दिनुहोस्