साउन २२, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महश वस्नेतले भक्तपुरका बाढी पिडित टोलमा निरिक्षण गर्ने क्रममा पिडितले दिर्घकालिन समस्या समाधानको बाटो खोज्नको निम्ती आग्रह गरेका छन् ।
निरिक्षणका क्रममा सांसद वस्नेतले पटक पटक भएको डुवानका कारण ठूलो क्षती व्यहोर्नु परेकोमा दुःख व्यक्त गर्दै हनुमन्ते नदीको चौडाई २० मिटर तथा करिडोरको दायाँ वाँया २०/२० मिटरको बनाई स्थायी समस्या समाधान गर्नु नै उत्तम उपाय हुने धारणा व्यक्त गरे । सांसद वस्नेतले तत्कालको लागि पुल तथा करिडोरमा वाढीका कारण उत्पन्न भएका समस्या समाधान गर्न उपत्यका सहरी विकासले मर्मत गर्ने कार्य शुरु गरेको बताए । त्यस्तै नदीको करिडोरमा ढल व्यवस्थापनका कार्य समेत अघि वढिसकेकोले आगामि दिनहरुमा यो पटक जस्तो वाढी तथा डुवानको समस्या नआउने बताए ।
त्यस्तै कार्यक्रममा सांसद वस्नेतले नदीको करिडोर निमार्णको निम्ती एक अर्वको रकम विनियोजित भएको वताउँदै करिडोर निमार्ण गर्दा व्यापक र व्यवस्थित ढंगले गरी स्थायी रुपमा वाढीको समस्या अन्त्य हुने गरी गर्नुपर्ने बताए । जसको जिम्मा लिदै करिडोर निमार्ण गर्न समानन्तर प्रा.लि.ले ७९ करोडमा ठेक्का समेत लिइसकेको छ । त्यस्तै ढल निमार्णको निम्ती काठमाडौं उपत्यका पानी व्यवस्थापन प्रोजेक्ट अन्तर्गत कार्य अघि वढाएको छ ।
सांसद वस्नेतले नदीका कारण भक्तपुवासीमा भएको समस्यालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा पक्की तथा झोलुङ्गे पुलहरुको निमार्ण कार्य तिव्र रुपमा भइरहेको समेत वताए । त्यस्तै भक्तपुरका जनता वाढीका कारण मात्र पिडित नभई दिनानु दिन सडक दुर्घटनाका कारण समेत पिडित भएको भन्दै यसलाई व्इवस्थापन गर्न अरनिको राजमार्गमा थप पाँच ठाउँमा ट्राफिक लाईटको व्यवस्था गर्ने कार्य समेत अघि वढिरहेको जानकारी गराए । त्यस्तै सांसद वस्नेतकै पहलमा भक्तपुरमा सडक विस्तार तथा सडक पिच गर्ने कार्यहरु तिव्र रुपमा अघि वढिरहेका छन् ।
अनुगमनका क्रममा भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमख नारायण प्रसाद भट्टले पिडित जनता राहत तथा सहयोगको लागि सम्बन्धीत निकायमा गई दुःख गर्नु नपर्ने वरु त्यसको लागि सम्बन्धीत निकाय तथा प्रतिनिधिहरु आफै पिडितको टोल टोलमा आई सहयोग गर्ने बताए ।
अनुगमन कार्यक्रममा वागमती सभ्यता विकास समितिका प्रमुख आशिष घिमिरेले जनताले साथ दिएमा नदीको चौडाई वढाई स्थायी समस्या समाधानको वाटो खोज्न सकिने धारणा व्यक्त गरे । करिडोर निमार्ण गर्ने क्रममा नदीको दायाँ वायाँको २०/२० मिटर कायम भएको नघटाई आपसि छलफलको माध्यमबाट नदीको २० मिटरको चौडाईलाई त्यो भन्दा माथि गर्न भने सकिने बताए । काठमाडौ उपत्यकालाई हरियाली वनाउने अभियान स्वरुप करिडोरको साईडमा वोटविरुवा समेत रोपी स्वच्छ वातावरण निमार्ण गरिने समेत जानकारी गराए ।
त्यस्तै पुल महाशाखाका प्रमुख अर्जून जंग थापाले हनुमन्ते नदीको राधेराधेमा निर्माणधिन पुल दशै अघि सक्ने पर्ने भएता पनि अहिलेका आवश्यकता त्यो भन्दा पनि डुवानवाट वस्ती वचाउनु भएकाले बाढीका कारण नदीको आसपासमा जमेको माटो तथा फोहोरको व्यवस्थापन गर्न आवश्यक मात्रामा सहयोग गर्न निमार्णको जिम्मा लिएको समानन्तर प्रा.लि.लाई आग्रह गरे । पुल निमार्णका क्रममा रहेका फलामका पोलका कारण माटो तथा फोहोरलाई रोकेकाले पनि डुवानको समस्या थप वढेको बताउँदै तत्काल त्यसलाई हटाई पानीको वहाव क्षेत्र वृद्धि गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद शसि जंग थापा, राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेब थापा, उपप्रमुख जुना वस्नेत, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अन्जना मदिकर्मी, भक्तपुर सडक डिभिजन कार्यालयका DE गुरु अधिकारी, नेकपा भक्तपुरका कार्यवहाक अध्यक्ष वचन सिं देउजा, भक्तपुर नायव विकास आयुक्त नवराज प्याकुरेल, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पूर्व सांसद केदार संजेल, मध्यपुर नगरपालिकाका पूर्व उपमेयर चन्दन श्रेष्ठ, स्थानिय जनप्रतिनिधि, राजनैतिक दलका कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्