समाचार

प्रजिअको संयोजकत्वमा हनुमन्ते नदी व्यवस्थापन समिति गठन : भोलीदेखि नै काम शुरु गर्ने



साउन २२, भक्तपुर । लगातार वर्षाले हनुमन्ते नदीले डुवाएको क्षेत्रमा भोली देखि नै काम गर्ने गरी भक्तपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको संयोजकत्वमा ११ सदस्यिय नदी व्यवस्थापन समिति गठन भएको छ ।

सूर्यविनायक नगरपालिका कार्यालयमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदव थापा तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टको नेतृत्वमा मेयर द्वय थापा र श्रेष्ठ सहित डुवान क्षेत्रका वडाध्यक्षहरु समेत रहने गरी उक्त समिति निमार्ण गरीएको हो । डुवान प्रभावित क्षेत्रहरु मध्येमा सूर्यविनायक नगरपालिकाका तीन वटा वडाहरु रहेका छन् भने मध्यपुर ठिमी नगरपालिकाका पाँच वटा वडाहरु प्रभावित भएका छन् ।

सो समितिले वि.सं. २०२१ सालको नापी विभागको नियम अनुसार नै हनुमन्ते नदिको करिडोर कायम गर्ने गरी अध्ययन गर्ने तथा त्यसको सुरक्षाको निम्ती जिल्ला प्रशासन कार्यालयले  प्रयाप्त सुरक्षाकर्मीको व्यवस्था गर्ने भएको सूर्यविनायक नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जनाएका छन् ।

त्यस्तै अध्ययन गर्ने क्रममा ०२१ सालको नापी विभागको नियम अनुसार काय गर्न विभिन्न समस्याहरु आउन सक्ने नापी विभागका कार्यालयका प्रमुखले जनाएका छन् । कतिपयले सो स्थानका जग्गा आफ्नो नाममा लालपुर्जा लिइसकेकाले नियम अनुसार गर्न कठिनाई हुने उनले वताए ।
कार्यक्रममा भक्तपुर प्रदेश सांसद शशिस जंग थापा, राजेन्द्रमान श्रेष्ठ, मालपोत प्रमुख, नापी प्रमुख, वागमती सभ्यता विकास समितिका संयोजक आशिष घिमिरे, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत, डाध्यक्षहरु लगायत सरोकारवाला व्यत्तित्वको उपस्थिती रहेको थियो ।