साउन २३, काठमाडौं । विवेशशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका पिता वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजवाबु मिश्रको आज निधन भएको छ ।
वरिष्ठ चित्रकार एवं साहित्यकार मिश्रको आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे हृदयाघातका कारण ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्किएका थिएनन् । उनको आत्मकथा ‘हर्मिताज ः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ ।
कान्छो छोरा विदेशबाट आएपछि मिश्रको अन्त्येष्टि गरिने भएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।










प्रतिक्रिया दिनुहोस्