साउन २३, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले पश्चिमा शक्तिहरुसँग मिली वेला वेलामा उदण्ड गर्दै सरकार असफल वनाउने खेलमा लागेको बताएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार आफ्नो नेतृत्वको सरकारले गरेका कार्यहरुको व्रिफिङ गर्ने क्रममा भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध राम्रो भएको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्ने भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस र अस्वीकार गर्नुका कारण खुलाउँदै उनले न्यायपरिषद्बारा आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको नेताहरुलाई बताएका छन् ।
त्यस्तै प्रतिपक्षिदल काग्रेस राष्ट्रियता र शान्ति सुरक्षालाई खलल पुर्याउन सीके राउतलगायतका शक्तिहरु सक्रिय भएको पनि उनको विश्लेषण छ । त्यस्तै प्रम ओीले दुई छिमेकि देशहरुसँग समान सम्बन्धका साथ अघि वढिरहेको जानकारी गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्ष नेपाल र आफ्नो सरकारप्रति निकै उदार देखिएको बताए ।
पछिल्लो समय नेकपामा नेताहरुले सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने माग उठाएका छन् । सचिवालयका नेताहरुले सरकारलाई अझ प्रभावकारी बनाएर पार्टी र मन्त्रिपरिषद्मा रहेकाहरु एकवद्ध भएर लाग्नुपर्ने धारणा रहेको थियो ।
नेकपाको भोली हुने सचिवालय बैठकमा सांगठनिक विषयमा छलफल हुनेछ भने सरकारको कामकारबाहीको समीक्षा गर्न छिट्टै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको एक नेताले वताए ।










प्रतिक्रिया दिनुहोस्