समाचार

विकासमा लगानी आवश्यकता : अर्थमन्त्रीद्वारा समृद्ध नेपाल सुखी नेपालीको अवधारणा वारे विश्लेषण



साउन २३, अमेरीका । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाललाई विकसित राष्ट्र वनाउनको लागि अन्तराष्ट्रिय दातृ राष्ट्रहरुको सहयोग आवश्यक रहेको भन्दै वर्तमान नेपाल सरकारले लिएको समृद्ध नेपाल सखी नेपालीको अवधारणाको वारेमा विश्लेषण गरेका छन् ।

विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराएका थिए । उनले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताए। उनले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी गराए । अर्थमन्त्री डा खतिवडाले विश्व बैँकसँगको सहकार्यले नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यसैबीच खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिगसँग भएको भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका सङ्घीयता कार्यान्वयनका सन्दर्भमा राखेको जिज्ञासामा डा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करीब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे ।