साउन २३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पक्राउ परेका छ ।
जबर्जस्ती चन्दा उठाएको आरोपमा राजधानीबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।
निकट स्रोतले दिएको जानकारी अनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा काठमाडौंको नागढुंगाबाट समातिएका हुन् । प्रकाण्डलाई नेपाल प्रहरीको विशेष ब्यूरोले प्रहरीले बताएको छ ।
प्रकाण्ड माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका प्रकाण्डलार्इ काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने भएको छ । उनलाई हाल प्रहरीले काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ ।
यसैवीच प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा मारेको छ ।
प्रतिक्रिया दिनुहोस्