साउन २३, काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ बापत ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत फाउण्डेशनलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापत सो रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशन दिएको छ । मन्त्रालयसँग उक्त रकम नभएका कारण उक्त रकम वीर अस्पताललाई नै उपलब्ध गराउन निर्देशन दिएको हो ।
अस्पतालको सरसफाइ गर्ने क्रममा फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ लाख ८६ हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्