साउन २३, काठमाडौं । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसको भातृ संगठन नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई १० दिनभित्र अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ ।
नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी २ गतेभित्र कार्ययोजना पेश गर्न नसकेको खण्डमा वर्तमान समिति स्वतः खारेज गर्ने सहमति भएको भएको छ ।
अध्यक्ष महरले अधिबेशन गर्न नचाहेको भन्दै यसअघि अन्य समूहले बहुमतको निर्णय भन्दै १२ औं अधिबेशन घोषणा गरेको थियो । अध्यक्ष महरले निश्चित अवधीसम्मा अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको समितिका सदस्य रंजित कर्णले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्