साउन २३, काठमाडौं । सरकारले गुणस्तरिय उत्पादन तथा वितरणमा जोड दिदैं गुणस्तरहिन उत्पादन तथा वितरण गर्ने उद्योगलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।
कार्यक्रममा वोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले दूषित तथा न्यून गुणस्तरका खाद्य वस्तुलाई नियन्त्रण गर्न पुरानो कानुनले काम नगरेपछि नयाँ कानुन ल्याउने बाध्यात्मक अवस्था रहेको बताउँदै गुणस्तरीय र सुरक्षित खाद्य वस्तु सुनिश्चित नभएका उद्योगको उत्पादन बजारमा आउन नदिने व्यवस्था पनि गरेको जानकारी गराए । त्यस्तै महानिर्देशक कर्णले गुणस्तरीहीन खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउन आयातरनिर्यात नियन्त्रण नीति ल्याउने तयारी गरिरहेको जानकारी गराए ।
सरकारी तथ्यांक अनुसार नेपालमा अहिले झण्डै २५ प्रतिशत दुषित खाद्य वस्तु बजारमा बिक्री वितरण हुने गरेको छ भने झण्डै १५ प्रतिशत खाद्य बस्तु न्युन गुणस्तरका रहेको जानकारी गराइएको छ । महानिर्देशक कर्णले अनुगमनलाई प्रभावकारी वनाउन आवश्यकमात्रामा जनशक्ति थप गर्ने योजना रहेको जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्