समाचार

झापाको शिवसतासीमा पौडी खेल्ने क्रममा डुबेर तामाङको मृत्यु



साउन २४, झापा । झापा जिल्लाको शिवसतासी नगरपालिका वडा नं. ८ सम्झना चोक घर भएका १३ वर्षिया बालक आशिष तामाङको पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा सख्त घाइते भएका तामाङलाई उपचारको क्रममा लाइफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको बुधवार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरदेखि ५०० मिटर दूरीमा रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका आशीष डुबेका थिए ।