साउन २४, काठमाडौं । बुधवार वसेको मन्त्रीपरिषद्को वैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव हेरफेर गरेको छ ।
निर्णयहरु
१. गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई कायमुकायम तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन,
२. प्रदेश नम्बर ३ को प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन,
३. प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाललाई प्रमुख सचिवमा बढुवा,
४. प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन,
५. मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्वीन्टल,
६. सरकारले जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य सम्बन्धित गाउँ, नगर, उपमहानगर वा महानगरपालिकाहरुको वडा कार्यलयहरुबाट उपलब्ध गराउने,
७. पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका मात्रै कायम गर्ने,
८. मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्