शैक्षिक

आजको मौसम : उपत्यकासहित देशभर घाम लाग्ने



साउन २४,  काठमाडौं । आज उपत्यकासहित देशभर घाम लाग्ने मौसमविद्को अनुमान छ ।

केही ठाउँमा भने पानी पनि पर्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने देखिएको छ ।

भोलि दिउँसो प्रदेश १, २, ३, ४ र ५ मा ठूलो पानी पर्ने अनुमान छ ।  नदीमा बाढीको जोखिम समेत रहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।