राजनीति

सार्वजनिक सुरक्षा ऐन २०४६ संशोधनसहित संसदमा पठाउने



साउन २४, काठमाडौं । राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन विधेयक २०७५ संशोधनसहित संघीय संसदमा पठाउने भएको  छ ।

 सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयक छलफल गरि संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो ।

सदस्यहरु सञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा सम्भव भएसम्म भन्ने शब्द झिक्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।