साउन २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतको बिशेष पहलमा कोटेश्वर जाममुक्त बनाउने अभियान अन्तर्गत मनोहरा जग्गा एकिकरण आयोजनाका जडिवुटी देखि पेप्सीकोला (माछापुच्छ्रे वैंक) सम्मको भित्री सडक तत्कालै सञ्चालनमा आउने भएको छ ।
‘सुरक्षित तथा जाम मुक्त भक्तपुर’ बनाउने अभियानका क्रममा मनोहरा जग्गा एकिकरण आयोजनामा ४३ करोडको लगानीमा भएको उक्त निमार्णधिन रहेको ९ मिटरको जडिवुटी–पेप्सीकोला (माछापुच्छ्रे वैंक) सम्मका सडक तथा मनोहरा नदीको दायाँ वाँयामा निमार्णधिन रहेको २०/२० मिटरको सडकको स्थलगत निरिक्षण तथा छलफल कार्यक्रममा सांसद वस्नेतले कोटेश्वरको जामन न्युनिकरण गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएकाले वैकल्पीक सडकहरुको विस्तारलाई एक दिन पनि रोक्नु नहुने धारणा व्यक्त गरेका छन् ।
उपत्यका सडक विकास आयोजनाले मुख्य रुपमा सहयोग गरेको बताउँदै उक्त छलफल पश्चात सांसद वस्नेतकै निर्देशनमा आजदेखि नै उक्त सडक विस्तारको निम्ती दुई वटा स्क्याभेटरको प्रयोग गरी कार्य शुरु गरिएको छ । सांसद वस्नेतले अवको १५/२० दिनमा उक्त सडक सञ्चालनमा आउने गरी काम गर्न उक्त सडकको निमार्ण गर्न जिम्मा लिएको कम्पनी कालीका खोदुङलाई निर्देशन दिए ।
कोटेश्वरको जाम व्यवस्थापन गर्न सुरुङ मार्ग तथा सडक विस्तार नै अहिलको आवश्यकता रहेको वताउँदै सांसद वस्नेतले कोेटेश्वरमा भित्री ट्रयाक खोल्न नेपाल उड्यय प्राधिकरणले समस्या सिर्जना गरेको बताउँदै त्यसलाई पनि वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गरिने जानकारी गराए । त्यस्तै कोटेश्वरको जामलाई न्युनिकरण गर्न कै निम्ती वालकुमारीदेखि मनोहरा नदीको दायाँ वाँया करिडोर निमार्ण भइरहेको जानकारी गराउँदै तत्कालै यसको निराकरण हुनेमा विश्वास दिलाए ।
त्यस्तै वस्नेतले उक्त निर्माणधिन रहेको भित्रि सडक सम्पन्न भएपश्चात जाम न्युनिकरण गर्नको निम्ती वान वे को रुपमा सञ्चालन हुनुपर्ने समेत वताए । त्यस्तै कोटेश्वरको जाम हटाउने अर्को मुख्य कार्य सुरुङ मार्ग भएकाले त्यसको कार्य पनि अघि वढिरहेको जानकारी गराए । त्यस्तै विभिन्न प्रकारका मानविय दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक मात्रामा नदीमा वेली व्रिजहरु धमाधम निर्माण भइरहेकोले आगामि दिनमा क्रमिक रुपमा न्युनिकरण हुँदै जानेमा ढुक्क हुन स्थानिय वासीलार्ई आग्रह गरे ।
सांसद वस्नेतले भक्तपुरलाई जाम मुक्त बनाउने अभियानको साथ साथै सुरक्षित र उज्यालो अरनीको आइवे वनाउने समेत अभियान सञ्चालन गरिरहेका छन् । अरनीको हाइवेलाई उज्यालो सडक वनाउनका लागि टेण्डर समेत भइसकेको जानकारी गराउँदै तत्कालै सडकमा सोलार वत्ती जडान हुने बताए । त्यस्तै यातायात व्यवस्थापनमा सडक विस्तार र सडकलाईटको व्यवस्थापन गरी ट्रफिक प्रहरी आवश्यक नै नहुने गरी काम अघि वढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निमार्णका कार्य गर्दा आवश्यक पर्ने जस्तोसुकै शान्ति सुरक्षा दिन प्रशासन तयार रहेको बताए । विकास निमार्णका कार्य गर्दा आउने समस्याको समाधान गर्न नेपाल सरकार जहिले पनि तयार रहने वताउँदै सानातिना झैझमेलाका कारण निर्माणका कार्यहरु रोक्नु नहुने वताए । निर्माणका क्रममा स्थानीयलाई मार्कानै परेको भए सरकारले त्यसको जिम्मा लिने समेत वताए ।
त्यस्तै प्रजिअ भट्टले कोटेश्वर तथा भक्तपुरको जाम नियन्त्रण गर्नको निम्ती वैकल्पीक मार्गको निर्माणको कुनै विकल्प नभएको भन्दै जडिवुटी देखि पेप्सीकोला (माछापुच्छ्रे वैंक)सम्मको सडक तथा नदीको करिडोर निर्माण सम्पन्न भई सञ्चालनमा आएपश्चात ७० प्रतिशत जामको अन्त्य हुने दावि गरे ।
त्यस्तै उक्त सडक निमार्णको जिम्मा लिएको कम्पनीका संचालक भिम श्रेष्ठले काम गर्न कुनै वाधा व्यवधान नआएमा उक्त सडक १५/२० दिनमा पूर्ण रुपमा यातायात सञ्चालन गर्न सकिने बताए । त्यस्तै उनले मनोहरा नदीको करिडो निमार्ण गर्न अव जम्मा ८०० मिटर मात्र वाँकी रहेको बताए । उनले उक्त करिडोर निमार्ण गर्न समस्या उत्पन्न भएकाले कामले गति लिन नसकेको बताए । सुकुम्वासी वस्ती तथा स्थानीय सरोकारवाला व्यक्तिले निमार्ण कार्यमा अवरोध पुर्याएकाले उनीहरुको समस्या समाधान गरिदिए र काम गर्न सहजता निमार्ण गरिदिए ४५ दिनमा उक्त सडक निमार्ण कार्य पनि सम्पन्न गरिसक्ने जानकारी गराए ।
प्रतिनिधि सभा सदस्य बस्नेत, भक्तपुरका प्रजिअ भट्ट, जिल्ला प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठ तथा सडक विभागका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थितिमा आज सडक मर्मत सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्