राजनीति

सरकारले दुई प्रकारका पासपोर्ट थप्न संसदमा प्रस्ताव



साउन २५, काठमाडौं ।  ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ ।

सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

दुई प्रकारका पासपोर्टमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् ।

विदेशमा पानीजहाजमा काम गर्नेका लागि राहदानी र भिसाको समस्या नहोस् भनेर यस्तो व्यवस्था सरकारले गरेको हो ।