Banner News

मन्त्रीपरिषदको पाँच निर्णय : नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ मर्ज गर्ने



साउन २६, काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ ।

मन्त्रीपरिषदका निर्णयहरु

१. प्रदेशमा कर्मचारी अभाव हटाउन प्रदेश सरकारलाई कर्मचारी पठाउने,

२. प्रदेश मन्त्रालय वा अन्र्तगतका स्वीकृत संगठन संरचना तथा दरबन्दीमा सेवा सञ्चालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई कामकाज गर्न खटाउदा राजपत्राङकित द्धितिय श्रेणी वा सो सरह वा सो भन्दा मुनीका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा प्रदेश मुख्यमन्त्री वा प्रदेश प्रमुखको कार्यालयमा खटाउने,

३. मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्तिको रकम उपलब्ध गराउने,

४. जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।