साउन २६, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दालहाल प्रचण्डले वर्तमान वामपन्थी सरकारको उद्देश्य सवैसँग सम्वाद, सहकार्य र सहमति गर्ने भएको बताएका छन् ।
शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि अहिलेको संघियता भएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय कर र मुल्यवृद्धि भएको विषयमा वर्तमान सरकार गंभिर रहेको बताउँदै यसको समाधानको बाटो खोजी भइरहेकोले जनताले दुःख नपाउनेमा ढुक्क हुन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले सरकारले सुशासन र विकासलाई मुख्य विन्दुमा राखि कार्य गरिरहेकाले त्यसलाई साथ र सहयोग गर्नुपर्ने धराणा व्यक्त गरे । देश विकास र आर्थिक उपार्जन सहितको समृद्ध नेपाल र सुखि नेपालीको संकल्पमा एक ढिक्का भई लाग्नु पर्ने वताउँदै वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु ठूलो अज्ञानता बाहेक केही नभएको बताए ।
त्यस्तै प्रचण्डले आफ्नो चिन तथा भारत भ्रमण विकास निर्माणका कामलाई गति प्रदान गर्ने उद्देश्यका साथ छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा भ्रमण केन्द्रीत हुने बताए ।










प्रतिक्रिया दिनुहोस्